बालेनका उग्र गतिविधीलाई एमालेको युवा संघले ठेगान लगाउने


काठमाडौं– नेकपा एमालेनिकट युवा संघले काठमाडौं महानगरका मेयर बालेन साहका गलत क्रियाकलाप विरुद्ध प्रतिवाद गर्ने तयारी गरेको छ । युवा संघले मेयर बालेनका विवादीत अभिव्यक्ती र कार्य नरोकिए त्यस्ता गतिविधी ठेगान लगाउने तयारी गरेको हो ।

शनिबारमात्रै बालेन विरुद्ध युवा संघले प्रदर्शन गरेको छ । काठमाडौंको न्युरोडमा बालेनविरुद्ध कडा नारा लेखिएका प्ले कार्डसहित युवा संघले प्रदर्शन गरेको थियो । प्रर्दशनकारीहरुले प्लेकार्डहरूमा से नो टु ड्रग्स, एक दुई खिल्ली नसाको भरमा, गुण्डाराज चलेको छ काठमाडौं शहरमा जस्त नाराहरू लेखेका थिए ।
युवा संघका नेताहरुका अनुसार फोहर,कवाड लगायतका सामाग्री बालेनको घर अगाडी थुपार्नेसम्मका योजना युवा संघले बनाउनसक्ने सम्भावना छ ।

प्रतिक्रिया