नेपाल-खनाल पक्षका सांसदको सानेपामा छुट्टै बैठक


काठमाडाैँ – नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि खनाल-नेपाल समुहले पनि आफुनिकट ससांसदहरुसंग आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।

एमाले अध्यक्ष ओलीले बालुवाटार बिहान ११ बजे बोलाएको संसदिए दलको बैठकमा सहभागी नहुने बताएका खनाल- नेपाल पक्षका सांसदहरूले बेग्लै बैठक बोलाएका हुन् ।

बुधबारदेखि खनाल नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ। आफूहरूले भेला गर्ने समयमै पारेर अध्यक्ष ओलीले सल्लाहविनै संसदीय दलको बैठक राखेको भन्दै उपस्थित नहुने उनीहरूले बताउँदै आएका छन्।

अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिबाट गरेका निर्णय फिर्ता लिनुपर्ने उक्त समूहले माग गरिरहेको छ।

प्रतिक्रिया