

भाइकाे सट्टामा परीक्षा दिने दाइलाई १० दिन र परीक्षा दिन लगाउने भाइलाई ६ दिन कैद

दैलेख- दैलेख जिल्ला अदालतले दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले भाइकाे सट्टामा परीक्षा दिने दाइलाई १० दिन र दाइलाई परीक्षा दिन लगाउने भाइलाई ६ दिन कैद सजाय सुनाएको हो ।
दुवै जनालाई जनही दुई सय रुपैयाँ पीडित राहत कोषमा तिर्न फैसलासमेत भएको छ ।
गत चैत १५ गते एसईईको अङ्ग्रेजी विषयको परीक्षामा सहभागी १५ वर्षीय भाइका लागि नक्कली परीक्षार्थी बनेका १७ वर्षीय दाइ पक्राउ परेका थिए । दाइलाई परीक्षा दिन पठाउने भाइलाई प्रहरीले चार दिनपछि पक्राउ गरेको थियो ।

