८ देशमा राजदूत सिफारिस, कहाँ को ?


काठमाडौं-  सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनाैट गरेको हो । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन् ।

त्यस्तै चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया र सुम्निमा तुलाधरलाई डेनमार्कका लागि सिफारिस गरिएको छ । यस्तै  स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन् ।

 

प्रतिक्रिया