प्राइम सहकारी ठगी प्रकरणमा ७ जना पुर्पक्षका लागि थुनामा


पोखरा – पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

सहकारी ठगी प्रकरणमा बाहिरबाट सहयोग गरेको भनिएका मनबहादुर गुरुङ (माने) र राष्ट्रिय सहकारी संघ कास्कीका पूर्व प्रवन्धक सन्तोष घिमिरे धरौटीमा छाड्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले मनबहादुरलाई ३५ लाख रुपैयाँ र घिमिरेसँग एक लाख रुपैयाँ धरौटी मागेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत जेठ २७ गते प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।

 

प्रतिक्रिया