मन्त्रीले गर्ने काममा राजनीति नगरिदिन श्रम मन्त्रीको आग्रह


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सांसदहरूलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले विकासका कुराहरूमा राजनीति नगरी दिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए ।

उनले विकासका कुरा राजनीतिक दल एक छिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे ।  मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताए । उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए । उनले सरकारले आफ्नै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्ने कुरा सही नभएको बताए ।

मन्त्री अर्यालले संसद् सचिवालयका कर्मचारीहरू आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरूका माग सम्बोधन हुनुपर्ने बताए । उनले आन्दोलन गरेपछि मात्रै वार्ता समिति बनाउने कुरा राम्रो नभएको बताए ।

प्रतिक्रिया