ललितपुरमा डर त्रास देखाएर १४ वर्षीया किशोरी बलात्कृत


काठमाडौं – ललितपुरमा डर त्रास देखाएर १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने ४० वर्षीय कुमार केसी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । केसीले ती किशोरीलाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया