गृहमन्त्री लामिछानेलाई थाहा छ जिबी राई लुकेको ठाउँ


काठमाडाैं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मलेसियाको गृहमन्त्रीले जिबी राईको लोकेशन कन्फर्म गरेको बताए।

उताका गृहमन्त्रीकाे कुराकानीमा जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भएको उनले बताए । सुपुर्दुगी सन्धिलगायतका कारणले राईलाई तत्काल नेपाल ल्याउन नमिलेको लामिछानेले बताएका छन् ।

 

प्रतिक्रिया