कर्णेल मल्ल सैनिक सेवाबाट बर्खास्त


काठमाडौं-  सैनिक अदालतले नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्लमाथि कारबाही गरेको छ । सैनिक अदालतले मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

मल्ललाई समरी सैनिक जनरल अदालतले जन्ममिति र नाम सच्याएको विषयमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरिएकाे हाे ।

मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए । उनको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि उनलाई न्युयोर्कबाट बोलाइएको थियो ।

काठमाडौं आएलगत्तै मल्ललाई गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो । उनको चार महिनाअघि मात्र न्यूयोर्कमा पोष्टिङ भएको थियो ।

प्रतिक्रिया