कर्मचारीको आन्दोलनले एक घण्टा ढिला सुरू भयो प्रतिनिधि सभा बैठक


काठमाडाैं- प्रतिनिधि सभा बैठक एक घण्टा ढिला शुरू भएको छ । संघीय संसद सचिवालयका कर्मचारीहरु प्रोत्साहन भत्ताको माग गर्दै आज पनि संसद भवनमा धर्ना बसेकाले प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको हो ।

कर्मचारीहरुले मंगलबार साँझ ५ बजेसम्म समस्याको समाधान नभए बुधबारदेखि बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिने बताएका थिए । संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले साँझ ५ बजेसम्मको समय कुरेको र माग पूरा नगरेकाले बुधबारबाट बिहान १० देखि मध्यान्ह १२ बजेसम्म आन्दोलन गरेको बताए ।

आजकाे बैठकमा बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया