संसद भवनभित्र आफैलाई गोली प्रहार गरेका प्रहरी जवानको मृत्यु


काठमाडौं – संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।

उनी नेपाल प्रहरीको कार्यदलबाट खटिएका थिए । उनले एसएलआरबाट गोली चलाएको र सो गोली निधारमा लागेको खुलेको छ ।

प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । घटनाको थप अनुसन्धान जारी रहेको एआईजी थापाले कागजपत्रलाई जानकारी दिए ।

प्रतिक्रिया