पर्सामा सवा २ करोडको अवैध सामानसहित ३ वटा ट्रक नियन्त्रणमा


पर्सा – पर्साबाट सवा २ करोड बराबरको अवैध सामाग्रीसहित ३ वटा ट्रक समातिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विशेष सूचनाको आधारमा पर्साका विभिन्न सामानसहित पर्साका विभिन्न स्थानबाट ३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वीरगञ्जको वडा नं. २५ स्थित आईसीपी गेट नजिकैबाट सोमबार साँझ ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२०नम्बरको ट्रकहरूमा अन्दाजी २,२९,३९,६५७।- बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू बरामत भएको जनाइएको छ ।

प्रहरीका अनुसार ती सामानसहितको ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) दिपक भारतीले जनाए ।

 

प्रतिक्रिया