भारतीय रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो


नयाँ दिल्ली- भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’को पछाडिको भागमा ठोक्किएको र कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो। यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।

भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उनले पुष्टि गरे ।

प्रतिक्रिया