ब्रेन ह्यामरेज भएर बिरामी भएका गाउँपालिका अध्यक्षको निधन


विराटनगर-  मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ ।

गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए। कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । ४ महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै थिए ।

प्रतिक्रिया