सहमतिपछि काठमाडौंका पेट्रोल पम्प आजै खुल्ने


काठमाडौं– नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मक रुपमा सकिएपछि बन्द रहेका काठमाडौंका पेट्रोल पम्प आजै खुल्ने भएका छन् ।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् । सहमत भएपछि आजै पम्पहरु खुल्नेछन् ।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया