नेपाली सेनाको पेट्रोल पम्पमा पनि सकियो इन्धन


काठमाडौं- पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनपछि भद्रकालीमा लागेको भिड पनि निरास भएर फर्किनु परेको छ ।

नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रुपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल/डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु झनै समस्यामा परेका छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाट निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको थियो ।

प्रतिक्रिया