सन्दीपले अर्को विकेट, विकेटमा शतक
काठमाडौं – नेपालका लागि सन्दीप लामिछानेले आठौं सफलता दिलाएका छन् । यससँगै सन्दीपले अन्तर्राष्ट्रिय टी–२० मा १००यौं विकेट लिएका छन् ।
बंगलादेशविरुद्धको खेलमा २ विकेट लिएसँगै लामिछानेले उक्त उपलब्धि हासिल गरेका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले अहिले ७५ रन बनाउँदा ८ विकेट गुमाएर खेलिरहेको छ ।