नेपाललाई पाँचौं सफलता, सन्दीपको बलमा महमुदुल्लाह रनआउट


काठमाडौं । नेपालले बंगलादेशविरुद्ध पाँचौ सफलता पाएको छ ।

विश्वकपको सुपर ८ मा बाहिरिसकेको नेपालले बलियो प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध शानदार सुरूवात गरेको छ ।

नेपालले टस जितेर पहिले बलिङ गर्दा अहिलेसम्म बंगलादेशले १० ओभरमा ५ विकेट गुमाएर ५७ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका छन् भने कप्तान रोहित पौडेल र दीपेन्द्र सिं ऐरीले १÷१ विकेट लिएका छन् ।

प्रतिक्रिया