क्याम्पस प्रमुख कुशवाहाको हत्याबारे छानबिन गरी कारबाही गर्न त्रिविको माग


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

त्रिवि सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट हत्या भएको थियो । त्रिविले विज्ञप्ति जारी गर्दै शिक्षक एवम् शैक्षिक प्रशासकको दिनदहाडै गोली हानेर विभत्स हत्या हुनु अत्यन्तै दुःख र कारुणिक घटना भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राज्ञिक क्षेत्रको माध्यमबाट राष्ट्रसेवामा समर्पित सामुदायिक क्याम्पसका एक उत्कृष्ट शिक्षक एवम् शैक्षिक प्रशासकको दिनदहाडै गोली हानेर विभत्स हत्या हुनु अत्यन्तै दुःख र कारुणिक घटना हो । क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीउपर कडा कानुनी कारबाहीका लागि त्रिभुवन विश्वविद्यालय सरोकार पक्षहरूसँग अनुरोध गर्दछ ।’

प्रतिक्रिया