

नेपालले गुमायो दोस्रो विकेट, कप्तान राेहित पाैडेल आउट

काठमाडाैं – नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल दोस्रो बलमै आउट भएसँगै नेपालले २ विकेट गुमाएको हो ।
नेपालका कुशल भुर्तेल १३ रनमा आउट भएका थिए ।
नेपालले ११६ रनको लक्ष्य पाएको छ ।
अहिले नेपालका आशिफ शेख र अनिल शाह ब्याटिङमा रहेका छन् ।
नेपालले ८ ओभरमा २ विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ ।

