नालामा पुरिएर ३ कामदारकाे मृत्युपछि कावासोती नगरपालिकामा तोडफोड


नवलपरासी- नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।

झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका छन् । स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।

बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो । दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो ।

मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया