झापामा आमासहित दुई बालक मृत फेला


झापा- झापामा आमासहित दुई बालक  मृत फेला परेका छन् । शुक्रबार बिहान शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका हुन् ।

आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । उनका अनुसार आमा झुन्डिएको अवस्थामा र बालक बिस्तारामा मृत भेटिएका हुन् ।

घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया