भक्तपुरको दिव्यश्वरीमा खुल्यो निलडेभिडको आउटलेट


काठमाडाैं- नेपालका चर्चित हेयर स्टाइलिष्ट निलडेभिड कटुवालले भक्तपुरको दिव्यश्वरीमा पनि ‘निलडेभिड अन्तर्राष्ट्रिय युनिसेक्स सैलुन’को आउटलेट सञ्चालनमा ल्याएका छन् ।

ठिमी नगरपालिका–२ दिव्यश्वरी प्लानिङमा खुलेको उक्त आउटलेटको अभिनेता नाजिर हुसैन, गायिका आस्था रावत र फाउन्डर निलडेभिडले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अन्य ठाउँको जस्तै उक्त सैलुनमा पनि अन्तर्राष्ट्रिय स्तरको सुविधा रहने कटुवालले बताए ।

नेपाल र भारतमा प्रख्यात निलडेभिडका १४० सय बढी आउटलेट रहेका छन् । नेपालमा १७ वर्षअघि पहिलोपटक सञ्चालनमा आएको उक्त सैलुनका हाल देशभरी ९२ वटा शाखा रहेका छन् । त्यस्तै भारतका प्रमुख सहर मुम्बई, दिल्ली, कलकत्ता, पञ्जाब र सिलिगुरी लगायतका स्थानमा अन्य शाखाहरु रहेका छन् ।

झापाको लक्ष्मीपूरमा जन्मेका निलडेभिड कटुवाल नेपाली हेयरस्टाइलमा ‘सेलिब्रेटी अनुहार’ हुन् । प्रधानपञ्च कृष्णबहादुर कटुवालका छोरा भएरपनि निलडेभिडले पुर्खाको भन्दा फरक पेशा अंगालेका थिए ।

बेलायत, भारतलगायतका विभिन्न देशबाट हेयर स्टाइलमा अध्ययन गरेर उनले सन् २००६ देखि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलमा निलडेभिड सैलुन खोलेका थिए । सैलुन खोलेको ६ महिनामै उनले एकेडेमी पनि खोलेका थिए । जहाँबाट हालसम्म हजारौं विद्यार्थी उत्पादन भइसकेका छन् ।

 

प्रतिक्रिया