‘विवादस्पद’ नासाउ स्टेडियम भत्काउन सुरु, फेरि पूरानै मैदानमा परिणत हुँदै


काठमाडौं– आइसीसी टी–२० विश्वकपका खेल खेलाइएको न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम भत्काउन सुरु गरिएको छ । डोजरहरुले बुधबार दिउँसो भारत–अमेरिकाबीचको खेल सकिएपछि काम सुरु गरिसकेका छन् । १०६ दिनमा निर्माण भएको यो ‘पप अप’ स्टेडियम भत्काउन करिब ६ हप्ता लाग्ने बताइएको छ ।

आइसेनहोवर पार्कमा अवस्थित नासाउ स्टेडियमले समूह चरणको दौडान ८ खेलहरूको आयोजना गरेको थियो । तर, क्रिकेट टुर्नामेन्टभरी यो स्टेडियम र त्यहाँ प्रयोग भएको ‘ड्रप इन पिच’ ले सबैको ध्यान तानेको थियो ।आउटफिल्ड धेरै ढिलो भएको तथा पिचमा हुने अप्रत्याशित उछालका कारण यो स्टेडियन विवादमा तानिएको थियो । ब्याट्सम्यानका लागि निकै चुनातीपूर्ण रहेको यो पिचमा क्यानडाले आयरल्यान्डविरुद्ध उच्च १३७ रन बनाएको रेकर्ड छ ।

अष्ट्रेलियाको एडिलेडको माटो प्रयोग गरि बनाइएको उक्त पिच अमेरिकाकै फ्लोरिडामा डिसेम्बरमा बनाइएको थियो । त्यसपछि यसलाई मौसम अनुकुल पर्नेगरि १० पटकसम्म विभिन्न स्थानमा राखिएको थियो छ । यो पिचलाई प्रख्यात एडिलेड ओभल हेड क्युरेटर डेमियन हगको नेतृत्वमा एडिलेड ओभल टर्फ सोलुसनले तयार पारेको थियो ।

अब भने स्टेडियमलाई भत्काइने र पिच तथा मैदानलाई स्थानीय प्रयोगको लागि छोड्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एक अधिकारीले बताएका छन् । २५० करोडको लागतमा निर्माण भएको रङ्गशालाको विरासत यसको पिच र मैदानबाट टिक्ने बताइएको छ ।

यो पनि:
कति खतरनाक छ टी–२० विश्वकपमा प्रयोग भएको ‘ड्रप इन पिच’ ? कसरी बनाइन्छ ?[भिडियो]

 

प्रतिक्रिया