

काठमाडौंमा २५२ सहित देशभर थप ५७० मा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशभर २७२५ को पीसीअर परिक्षण गर्दाखेरी उक्त संख्यामा संक्रमित देखिएका हुन् ।
यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार चार सय पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ जना रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र गत २४ घन्टामा २५२ जनामा कोरोना संक्रमण देखएिको छ । ती मध्ये काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ३१६८ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ।

