देशभर थप १४ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या ८७६ पुग्यो


काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८७६ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ५७० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार चार सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३१६८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ ।

प्रतिक्रिया