झलनाथ खनालको अध्यक्षतामा नेपाल-खनाल समुहको राष्ट्रिय कार्यकर्ता भेला सुरु


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलि बिहिबार सम्म चल्ने छ ।

कार्यक्रम सञ्‍चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्। भेलामा विभिन्‍न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु पनि उपस्थित भएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । बैठकको अध्यक्ष नेता खनालले गरेका छन् ।

 

प्रतिक्रिया