कोशी प्रदेशको विवाद न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको पूर्ण इजलासमा


काठमाडौँ – कोशी प्रदेश सरकार विवाद सम्बन्धी मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी,नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी परेको छ ।
आज विवादमा अन्तिम फैसलाका लागि बहस भनेर यसअघि नै इजलासबाट मिति तोकिएको थियो ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने दाबी गर्दै आएका थिए ।
तर उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया