नेप्सेले माग्यो निफ्रासँग स्पष्टीकरण


काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्टक्ट्रचर बैङ्क (निफ्रा) लाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ ।

निफ्राले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको जानकारी दिएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले तीन दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गरिएको जानकारी दिएका छन् ।

यस्तै आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।

सेयर मूल्यमा प्रभाव पार्न सक्ने यस्ता निर्णयगरेको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया