सांसदलाई ५ करोड दिने निर्णयमा कारण देखाउ आदेश जारी


काठमाडौँ – मधेश प्रदेशका प्रदेश सांसदलाई रकम वितरण गर्ने भनी मधेश प्रदेश सरकारले गरेको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कारण देखाउ आदेशसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

मधेश प्रदेश सरकारले प्रदेश सभाका सांसदलाई पाँच करोडको योजना वितरण गर्ने निर्णय विरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

 

प्रतिक्रिया