सुर्खेतको बुलबुले तालमा चल्न थाल्यो मोटरबोट


काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट चल्न थालेको छ ।

१२ वैशाखदेखि परीक्षणका रूपमा सञ्चालनमा आएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रूपमा लिने गरिएको उल्लेख गर्दै उनले यो सोच बदल्न जरुरी रहेको बताए । यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

प्रतिक्रिया