मोबाइल मर्मत गर्न आएकी ग्राहकको अश्लील भिडियो बनाएर ब्ल्याकमेल, बालकसहित २ जना पक्राउ


कैलाली- कैलालीकाे धनगढीस्थित त्रिनगर शपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जना अश्लिल भिडियो बनाएर युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेका छन् ।

मोबाइल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीया बालक पक्राउ परेका हुन् ।

उनीहरुले पसलमा मर्मत गर्न दिएको  मोबाइल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रबहादुर बोहराले बताए ।

मोबाइलमा युवतीको फोटोमा अश्लिल फोटा जोडेर भिडियो बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लील भिडियो हेर्ने गरेको पाइएको प्रहरीको भनाई छ ।

युवतीले दिएको जाहेरीका आधारमा दुवैजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया