प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, विदेश मन्त्रालयका सचिवले गरे स्वागत


काठमाडौं- समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ ।

प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् । प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।

प्रतिक्रिया