राजदूत फिर्ता गर्ने निर्णय आपत्तिजनक : कोइराला


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाउँदै यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् ।

‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झन्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, नेता कोइरालाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

सरकारले गत बिहीबार भारत र अमेरिकासहित विभिन्न ११ देश राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया