राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराए भ्रमणबारे जानकारी


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ आइतबार नयाँ दिल्ली जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया