श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा देखेपछि हत्या गर्ने सैनिक पक्राउ


काठमाडौं – श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि श्रीमतीको हत्या गर्ने सैनिक पक्राउ परेका छन् । आज दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरी फरार रहेको सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी पक्राउ परेका हुन ।
फरार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई आजै बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेका थिए ।
शालिकरामले आफ्नी श्रीमतीको साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया