किन खाइन् भरखरै चुनाव जितेकी कंगनाले थप्पड ?


काठमाडाैं- बलिवुड अभिनेत्री कंगना रनौतले हालै हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभाको चुनावमा जितेकी छिन् । यसैबीच कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ सीआईएसएफको उक महिला कन्स्टेबलले थप्पड हानेको आरोप लागेको छ ।  कंगनाले सामाजिक सञ्जालमा उक्त महिलाले आफूलाई थप्पड हानेकाे र दुर्व्यवहार पनि गरेको बताएकी छिन् ।

कंगनालाई थप्पड हानेका हवल्दारको नाम कुलविन्दर कौर रहेको बताइएको छ । यस  घटनामा कुलविन्दरको बयान सार्वजनिक भएको छ । उनले किसान आन्दोलनमा कंगनाको बयानबाट आक्रोशित भएको बताइएको छ ।   महिला हवल्दारलाई निलम्बन गरिएको छ र उनको विरुद्ध एफआईआर दर्ता गरिएको छ ।

कंगना रनौत मंडी लोकसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि दिल्ली जान बिहीबार चण्डीगढ एयरपोर्ट पुगेकी थिइन् । सुरक्षा जाँचपछि कंगना आफ्ना सहकर्मीसँग प्रतिक्षा क्षेत्रमा बसिरहेकी थिइन् । यसैबीच सीआईएसएफ महिला हवल्दार कुलविन्दर कौर त्यहाँ आइन् । र, कुलविन्दर कौरले कंगनालाई थप्पड हानेकी थिइन् ।

घटनाको जानकारी प्राप्त हुने बित्तिकै सीआईएसएफका अधिकारीहरू घटनास्थलमा पुगेर महिला जवानलाई हिरासतमा लिएका थिए । किसान आन्दोलनका क्रममा कंगनाको भनाइपछि महिला प्रहरी जवानले थप्पड हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा कंगनाले उजुरी पनि दिएकी छिन् ।

कंगनालाई थप्पड हानेकी सीआईएसएफ कन्स्टेबलफले किसान आन्दोलनमा उनको बयानले दुःखित भएको बताएकी छिन् । कंगनाले किसान आन्दोलनमा सहभागी महिलाहरू सय–सय रुपैयाँ लिएर बसेको भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यतिबेला आफ्नी आमा पनि किसान आन्दोलनमा जाने गरेको कौरले भिडियोमा बताएकी छिन् ।

प्रतिक्रिया