सरकारले मेलम्ची खानेपानीको नयाँ मुहानस्थल बनाउने


काठमाडौँ- सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहानस्थल (हेडवर्क्स) बनाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको हाल अम्बाथानमा रहेको हेडवर्क्सको विकल्पमा रूपमा उपयुक्त स्थानमा नयाँ हेडवर्क्स बनाउन खानेपानी मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

मेलम्चीको मुहानभन्दा माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ संरचना निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो ।

१ असार २०७८ को भीषण बाढीले मेलम्चीको तयार भएको हेडवर्क्स पुरेको थियो । त्यसपछि आयोजनाले वर्षाभरि सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलेर सोझै खोलाबाट पानी हालेर काठमाडौँ ल्याउने गरिरहेको छ ।

प्रतिक्रिया