समिट अफ द फ्युचर सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्रीलाई राष्ट्रसंघको निमन्त्रणा


काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिता हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन्।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरिन्।

भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरेका छन्। उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको बताएका छन्।

प्रतिक्रिया