गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोक्कियो


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान गर्ने समयमा चरा ठोक्किएको छ ।

पाँच यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा रहेको प्रभु हेलिकोप्टरमा मंगलबार बिहान पौने १० बजे चरा ठोक्किएको हो ।

तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

हेलिकोप्टरमा भएको क्षतिबारे भने विस्तृत रिर्पोट नआइसकेको उनले जानकारी दिए । हेलिकोप्टर अहिले ग्राउण्डेड गरिएको छ ।

प्रतिक्रिया