गाउँपालिकामा उपद्रो मच्चाउने प्रधानाध्यापकसहित ७ जनालाई थुनामा राख्ने फैसला


धादिङ- उत्तरी धादिङकाे रुबीभ्याली गाउँपालिकाको गाउँसभामा अवरुद्ध गर्दै तोडफोड गरेकाे आरोपमा ७ जनालाई थुनामा राख्न र जरिवाना गर्न जिल्ला अदालतले फैसला गरेको छ ।

जिल्ला न्यायाधीश गाेपालप्रसाद बास्ताेलाकाे ०८१ जेठ २२ गतेकाे ईजलासले माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत ७ जनालाई क्षति भएकाे क्षतिपूर्ति तिर्न, जनही १० हजार जरिवाना गर्न र जनही एक महिनाका दरले कैद गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताए ।

मुक्रावदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चितवन रत्ननगर नगरपालिका–३ का ३२ वर्षीय तिर्थराज सुवेदी, शिक्षक ३५ वर्षीय ऋषिराम खनाल, रुबीभ्याली गाउँपालिका–४ का २८ वर्षीय मनिस तामाङ, ३९ वर्षीय निक्क तामाङ, २३ वर्षीय शुक लामा भन्ने देब तामाङ र २२ वर्षीय जीवन तामाङलाई सजायकाे फैसला गरिएको थियो । सुकमान तामाङलाई अदालतले सफाइ दिएको छ ।

राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच ०८० असार १० गते रुबीभ्याली गाउँपालिका–३, सेर्तुङमा गाउँसभा हुन नदिन भएकाे झडपमा शिक्षक समेत सहभागी थिए । ८ जना विरुद्ध गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जिल्ला प्रहरी कार्यालयमा असार १५ गते आपराधिक उपद्रह मुद्दा चलाउनम उजुरी दिएका थिए ।

 

प्रतिक्रिया