दीपेन्द्र ऐरीले स्कटल्यान्डको स्कटिस सुपर टी–१० लिग खेल्ने


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्कटिस सुपर टी–१० लिग खेल्ने भएका छन् । उनी लिगका लागि पर्थ रोयल्स टिममा आबद्ध भएका हुन् । दिपेन्द्र सम्मिलित टोलीमा दक्षिण अफ्रिकाका ब्याटर रासी भान डर डुसन, डिबाल्ड ब्रेभिस तथा इंग्ल्यान्डका डेबिड मलानआबद्ध रहेका छन् ।

लिग १६ अगस्ट देखि १ सेप्टेम्बरसम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोली छन् । यस अघि दीपेन्द्रले ग्लोबल क्यानडा लिग तथा युएईमा आयोजना हुने आईएल टी–२० लिग खेलिसकेका छन् । यो लिग स्कटल्यान्ड क्रिकेट बोर्डको आयोजनामा हुनेछ ।

प्रतिक्रिया