विश्वकप क्रिकेट : ओमानमाथि अस्ट्रेलियाको सहज जित


एजेन्सी – आईसीसी टी–२० विश्वकपमा समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको छ ।

अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए । खेलमा अलराउन्ड प्रदर्शन गरेका मार्कस स्टोइनिसले ३ विकेट लिए ।

नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

टोलीका लागि ओपनर डेभिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतकीय इनिङ्स खेले । ओमानका लागि मेहरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले १–१ विकेट लिए ।

प्रतिक्रिया