पोखरामा प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालो झण्डा देखाएका छन् ।

आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारी पीडितहरूले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया