डन ‘रमेश बाहुन’का पार्टनर डोटेलविरुद्ध अख्तियारले चलायो मुद्दा

मीनकृष्ण महर्जनमाथी गोली प्रहार घटनाका मुख्य योजनाकार थिए डोटेल


ललितपुर – ललितपुरको गोदावरी नगरपालिका क्षेत्रमा लामोसमयदेखि चल्दै आएको अवैध क्रसर सञ्चालन गर्न दिएर र सञ्चालन गरेर करोडौं रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन जनप्रतिनिधि, कर्मचारी र व्यवसायीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले विगत १५ वर्षदेखि क्रसर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी मधुसुदन डोटेलसहितका ७ व्यवसायीसहित जनप्रतिनिधि र केही कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।

निराकर ढुंगा रोडा उद्योगका सञ्चालक समेत रहेका मधुसुदन डोटेल ज्यान मार्ने उद्योग र गुण्डागर्दीमा समेत संलग्न रहेका व्यक्ति हुन् । उनले दम्सीडोल सामुदायिक वनमै ढुंगा उत्खनन र नल्लु खोला मिचेर क्रसर चलाएका छन् । जसका कारण नल्लु खोलाको प्राकृतिक बहाव परिवर्तन गर्दा नदीसमेत अतिक्रमण र दोहनमा परेको छ । उनले लेले नल्लु क्षेत्रमा मात्रै करिब २० देखि २५ रोपनी वन मासेर क्रसर सञ्चालन र ढुंगा उत्खनन गरिरहेका छन् ।

खानी सञ्चालनको सुरुवाती चरणमा रामेछापका सुजन पौडेल उर्फ ‘रमेश बाहुन’का पार्टनरसमेत रहेका डोटेल २०७० सालमा नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनमाथि गोली हानिएको घटनामा पनि संलग्न रहेका व्यक्ति हुन् । महर्जनमाथि गोली प्रहार हुँदाको समयमा डोटेलको बा.१०च ६९३५ नम्बरको हाइलक्स जिप बाहुनले चढ्ने गरेको समेत खुलेको थियो भने अहिले डोटेल साढे ५ करोड पर्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर जेडएक्स चढ्ने गर्दछन् ।

अहिले पनि दैनिक आठदेखि दस वटा एक्स्काभेटर प्रयोग गरेर निर्माणजन्य पदार्थ ओसारपसार गर्दा प्रशासन र स्थानीय तहका संयन्त्र रमिते बनेका छन् । यसरी चलाइएका अनधिकृत उद्योगबाट निस्किएका काम नलाग्ने पदार्थ नल्लु खोलामा मिसाइएको छ । जसले खोलालाई थप प्रदूषण बनाएको छ । यी उद्योगका कारण लेले नल्लु क्षेत्रका टीकाभैरव, राधा गाउँ, गौरीगाउँका करिब डेढ सय घरधुरीलाई प्रतिकूल असर पुगेको स्थानीयको भनाइ छ ।

डोटेलले खानी सञ्चालनका क्रममा उक्त क्षेत्रमा गुण्डागर्दी, धाक, धम्की समेत दिँदै आएका छन् । प्रहरीका केही पूर्वउच्च अधिकारी पनि पछिल्लो समय पार्टनर बनाउन सफल डोटेलले उनीहरूकै आडमा अहिले पनि स्थानीयहरुलाई धाक–धम्की दिँदै व्यवसाय चलाउँदै आएका छन् ।

खानी सञ्चालनको सुरुवाती चरणमा रामेछापका सुजन पौडेल उर्फ ‘रमेश बाहुन’का पार्टनरसमेत रहेका डोटेल २०७० सालमा नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनमाथि गोली हानिएको घटनामा पनि संलग्न रहेका व्यक्ति हुन् । महर्जनमाथि गोली प्रहार हुँदाको समयमा डोटेलको बा.१०च ६९३५ नम्बरको हाइलक्स जिप बाहुनले चढ्ने गरेको समेत खुलेको थियो भने अहिले डोटेल साढे ५ करोड पर्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर जेडएक्स चढ्ने गर्दछन् ।

महर्जनमाथि गोली हानेको अभियोगमा जेलसमेत परेका डोटेलले सार्वजनिक जंगल हडपेर क्रसर सञ्चालन गर्दै आएका छन् । उनको क्रसरकै कारण नल्लु खोला पनि संकटावस्थामा रहेको छ । डोटेलले उनको विरोध गर्ने स्थानीयहरुलाई विभिन्न धाक–धम्की दिनुका साथै गुण्डा समेत प्रयोग गर्ने गर्दथे भने कतिपयलाई आर्थिक प्रलोभनमा समेत पार्दै जनप्रतिनिधिसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । कतिपय अवस्थामा डोटेलले प्रहरीलाई पनि आर्थिक प्रलोभनमा पार्ने कोशिस समेत गर्ने गर्दथे ।

प्रहरीले त्यतिबेला महर्जनमाथी गोली प्रहार गरेको अभियोगमा डोटेलसहित सञ्जय बानियाँलाई  पक्राउ गरेको थियो । डोटेल उक्त घटनाको मुख्य योजनाकारको रुपमा रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

डोटेलले खानी सञ्चालनका क्रममा उक्त क्षेत्रमा गुण्डागर्दी, धाक, धम्की समेत दिँदै आएका छन् । प्रहरीका केही पूर्वउच्च अधिकारी पनि पछिल्लो समय पार्टनर बनाउन सफल डोटेलले उनीहरूकै आडमा अहिले पनि स्थानीयहरुलाई धाक–धम्की दिँदै व्यवसाय चलाउँदै आएका छन् ।

महर्जनमाथि २०७० माघ ६ गते घर नजिकैको पिपलको रुखमा जल चढाएर फर्कने क्रममा गोली, खुकुरी प्रहार भएको थियो । आक्रमणबाट महर्जनको हातमा चोट लागेको थियो भने उनका साथी मिलन सिलवालको तिघ्रामा गोली लागेको थियो ।

उनै डोटेल (निराकर ढुंगा रोडा उद्योग प्रालि) सहित तत्कालिन मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, ०७५/७६ यताका प्रमुख प्रशासकीय अधिकृतहरू विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रविन कोइराला, तत्कालीन तीन लेखा/राजस्व शाखा प्रमुख यमलाल बेल्वासे, श्रीराम आचार्य र श्रीकण्ठ घिमिरेलाई अख्तियारले मुख्य प्रतिवादी बनाएको छ ।

त्यस्तै, ठेकेदार कम्पनी तथा तिनका सञ्चालकहरू मदन केसी (सप्तपथ निर्माण कम्पनी प्रालि), प्रकाश माली (माली निर्माण सेवा), रवि महर्जन (कर्मा कन्स्ट्रक्सन), केदारनाथ तिमल्सेना (मछिन्द्रनाथ मल्टिप्रपोज प्रालि), शशिराज शाही (सजिलो रोडा ढुंगा उद्योग प्रालि) र वीरेन्द्र महर्जन (वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालि) लाई पनि प्रतिवादी बनाइएको छ । डोटेलसहितका व्यवसायीविरूद्ध २६ करोड ६३ लाख ३७ हजार ३ सय ९८ रुपैयाँ बिगो मागदाबी छ ।

प्रतिक्रिया