फेरि पर्यटनमन्त्री बन्न प्रेम आलेको दौडधुप


काठमाडौं – नेकपा एकिकृत समाजवादीका सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न दौडधुप तिव्र पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बनाउने तयारी गरेको बेला आलेले दौडधुप बढाएका छन् ।

मन्त्री बन्नकै लागि उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग समेत कुराकानी गरेको बताइएको छ । यसका लागि सरकारमा सहभागी समाजवादीका एक मन्त्रीलाई फिर्तासम्म बोलाउनेबारे चर्चा छ । आले यसअघि पनि पर्यटनमन्त्री रहिसकेका व्यक्ति हुन । तर प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बनाउने आश्वासन दिएको बताइन्छ ।
एकसाताभित्रै श्रेष्ठलाई पर्यटनमन्त्रीको सपथ खुवाउने तयारी छ ।

हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ छन् । उनको स्थानमा श्रेष्ठ मन्त्री बन्नेछिन् । तामाङलाई विना विभागीय मन्त्री बनाएर प्रधानमन्त्री कार्यालयमा राख्ने तयारी छ ।

 

प्रतिक्रिया