

हल्लियाे दैलेख, ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं- दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।
आज बिहान १०ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
क्षतिबारे विवरणा आएकाे छैन ।

