राष्ट्रिय सभाः अर्थमन्त्री पुनले प्रश्नको जवाफ दिने


काठमाडौं – राष्ट्रिय सभाको बैठक मंगलबार आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सक्ने र अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची छ।

दिउँसो सवा १ बजे शुरु हुने बैठकमा बजेटबारेको छलफल चल्ने र अन्त्यमा अर्थमन्त्री पुनले जवाफ दिने कार्यसूची रहेको हो।

बैठकमा शोकप्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची पनि छ। संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया