प्रतिनिधिसभाको बैठक आज पनि, बजेटमाथि छलफल निरन्तर


काठमाडौं – प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्।

यस्तै २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

यसैगरी २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ।

 

प्रतिक्रिया