टी–२० विश्वकपः नेपाल र नेदरल्याण्ड्स आज भिड्दै

टुँडिखेलमा निःशुल्क लाइभ हेर्न पाइने


काठमाडौं – टी–२० विश्वकपमा नेपालले आज नेदरल्याड्सविरुद्ध खेल्ने भएको छ ।

नेपालले विश्वकपको पहिलो खेल नेदरल्याण्ड्सँग अमेरिकाको डालासमा खेल्ने भएको हो ।

नेपाल र नेदरल्याण्ड्सविरुद्धको खेल नेपाली समयअनुसार साँझ सवा ९ बजे सुरु हुनेछ ।

नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दाेस्राे खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।  सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ  ।

यसैबीच काठमाडौं महानगर पालिकाले टुँडिखेलमा विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल हेर्ने व्यवस्था मिलाएको छ ।

बालेन साह नेतृत्वको काठमाडौं महानगरले नेदरल्याण्ड्सविरुद्ध नेपालले खेल्ने विश्वकप क्रिकेटको पहिलो खेल टुँडिखेलमा दर्शकलाई निशुल्क हेर्ने व्यवस्था मिलाएको हो ।

टुँडिखेलमा हुने लाईभ स्क्रिनिङको आयोजना काठमाडौं महानगरले गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रमको समन्वय गरेको छ ।

काठमाडौं महानगर र खेलकुद मन्त्रालय मिलेर विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल स्क्रिनिङ गर्ने व्यवस्था मिलाएका हुन् ।

खेलकुद मन्त्रालयले अपरान्ह ५ बजे टुँडिखेलको गेट खुल्ला हुने जनाएको छ । नेपाली क्रिकेट टिमको समर्थनमा कार्यक्रमको आयोजना गरिएको खेलकुद मन्त्रालयले जनाएको छ ।

नेपालले नेदरल्याण्ड्सका साथै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेको समूहमा रहेको छ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

प्रतिक्रिया